२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

पश्चिम नवलपरासीमा मंगलबारदेखि निषेधाज्ञा

अत्यावश्यकबाहेकका सबै सेवा बन्द 

सोमवार , बैशाख २०, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • नवलपरासी, २० वैशाख  ।
    कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि पश्चिम नवलपरासी जिल्लामा पनि मंगलबार (भोलि) देखि निषेधाज्ञा लागू हुने भएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसिसिएमसी)ले सिफारिस गरेको निर्णयलाई जिल्ला सुरक्षा समितिले कार्यान्वयन गर्दै भोलि राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

    निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म कायम रहने प्रजिअ मिश्रले बताए । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् ।

    जिल्लामा कोरोना संक्रमितको संंख्या १ हजार ९ सय ५७ पुगेको छ । तीमध्ये जिल्लामा अझै ४ सय ६७ जना सक्रिय सक्रमित रहेका छन् । हालसम्म पश्चिम नवलपरासीमा ४८ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकलपर्सन देवीलाल पौडेलले बताए ।