२०८२, माघ १९ गते

Feb 02 2026 | २०८२, माघ १९ गते

बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलद्वारा ९२ आतंकवादी मारिए

सोमवार , माघ १९, २०८२

  • 184
    Shares
  • 184
    Shares
  • काठमाडौं, १९ माघ । पाकिस्तानी सुरक्षा बल र कानून प्रवर्तन निकायहरूले आतंककारीहरूको कुत्सित मनशायलाई सफलतापूर्वक विफल पारेका छन् ।

    देशको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा ९२ आतंकवादीहरूलाई मारेका छन् । विज्ञप्तिकाअनुसार आतंकवादीहरूले शनिवार प्रान्तभर धेरै आतंकवादी गतिविधिहरू सञ्चालन गरेका थिए र यी आक्रमणहरू स्थानीय जनताको जीवन र बलुचिस्तानको विकासलाई अवरुद्ध गर्ने उद्देश्यले गरिएका थिए ।

    सेनाले ग्वादर र खरान जिल्लामा १८ निर्दोष नागरिक मारिएको र क्लियरेन्स अपरेसन तथा तिब्र मुठभेडका क्रममा १५ सैनिकले पनि ज्यान गुमाएको जानकारी दिएको छ ।

    पछिल्लो दुई दिनका यी सफल अपरेसनहरूसँगै बलुचिस्तानमा जारी अपरेसनमा मारिने आतंकवादीहरूको कुल संख्या १३३ पुगेको छ । जसमध्ये ४१ जना शुक्रवार मारिएका थिए ।