
आइतवार , बैशाख १९, २०७८
दाङ, १९ वैशाख ।
दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीन बालकको शव फेला परेको छ । आरजे ०१ सीसी ०८८५ नम्बरको हरियो रंगको निशान कारमा लुकाएर राखिएको अवस्थामा तीन बालकको शव फेला परेको हो ।
कहीकतै सामुहिक हत्या गरी लुकाएर राखेको अवस्थामा उक्त भारतीय नम्बर प्लेट रहेको गाडीमा ती बालकहरुको शव फेला परेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । तुलसीपुर उपमहानगरपालिका –६ बरुवागाँउमा पार्किङ गरी राखिएको सो कारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले बताए । घटनाबारे थप अनुसन्धान गर्न बाँकेबाट कुकुरसहित प्रहरीको टोली आएको प्रहरी प्रमुख चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन । यद्यपी घटना गम्भिर प्रकृतिको हुन सक्ने आंकलन गर्दै प्रहरीले पनि गम्भिर ढंगले अनुसन्धान सुरु गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij