२०८२, मंसिर ३ गते

Nov 19 2025 | २०८२, मंसिर ३ गते

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आइतवार , श्रावण ३२, २०७७

  • 8.0K
    Shares
  • 8.0K
    Shares
  • काठमाडौं, ३२ साउन । 
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढाएको हो ।

    निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेकोे निगमले जनाएको छ ।

    भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ । हालः मूल्य समायोजन पश्चात पनि भारतीय सीमा रक्सौलसंग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलप्रति लिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ २७ पैसाले नेपालतर्फ सस्तो रहेको निगमको दावी छ ।