सोमवार , माघ १९, २०८२
भैरहवा, १९ माघ । जनकपुरधाम नगरपालिकाका जनप्रतिनिधिहरुले जनकपुर भ्रमण गर्न सिद्धार्थनगरबासीलाई आग्रह गरेका छन् । आइतबार सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा आएका जनकपुरधाम उपमहानगरपालिका–४ का जनप्रतिनिधिहरुले नगर उपप्रमुख उमा अधिकारीमार्फत नगरबासीलाई आग्रह गरेका हुन् ।
वडा नम्बर ४ का वडाअध्यक्ष सुरेश झाले आफूहरु अध्ययन अवलोकन भ्रमणका क्रममा लुम्बिनीको प्रवेशद्वार भैरहवा आएपछि खुसीको अनुभुति भएको बताउनुभयो । उहाँले रुपन्देहीको छिमेकी कपिलवस्तु जिल्लाको पनि भ्रमण गर्ने जानकारी दिनुभयो । वडाअध्यक्ष झाले जनकपुरस्थित जानकी मन्दिरसहित विभिन्न धार्मिकस्थलहरुमा आउन निम्तो गर्नुभयो ।
उपप्रमुख अधिकारीले जनकपुरधामबासीलाई लुम्बिनीको भ्रमण गर्न आग्रह गर्नुभयो । उहाँले विश्वमै शान्तिको सन्देश फैलाउने बुद्धको जन्मस्थल आउन आग्रह गर्नुभयो । सो अवसरमा उपप्रमुख अधिकारीले जनप्रतिनिधि र कर्मचारीलाई सिद्धार्थनगर नगरपालिकामा स्वागत गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
