२०८२, माघ १२ गते

Jan 26 2026 | २०८२, माघ १२ गते

भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्छ : अर्थसचिव उपाध्याय

सोमवार , माघ १२, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौं, १२ माघ । अर्थसचिव घनश्याम उपाध्यायले भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्ने बताउनुभएको छ । 

    भन्सार प्रशासन जति वास्तविकतामा आधारित भयो उति नै राजस्वका क्षेत्रहरु परदर्शी बन्दै जाने बताउनुभएको हो । पछिल्लो सयम भन्सार प्रशासनमा ग्याट मुल्यांकनलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने काम भएको भन्दै यो भन्सार प्रशासनका लागि ठूलो सुधार भएको उहाँले बताउनु भयो ।

    सोमवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्सार प्रशासनलाई वास्तविक बनाउन भइरहेका पछिल्ला कार्यहरुले राजस्वमा सुधार आउने बताउनु भयो । 

    सचिव उपाध्यायले भन्नुभयो–‘पछिल्लो समयमा भन्सार प्रशासनमा ग्याट मुल्यांकनलाई अनलाइन सिस्टममा आबद्ध गर्ने, छिमेकी मुलुकसँग एमओयू गरेर जिएसटीको डेटाहरु एक्सचेञ्ज गर्ने काम भएको छ । भन्सार प्रशासनलाई वास्तविक, थप विश्वासिलो, परदर्शी बनाउने र एकद्धार प्रणालीलाई भन्सार विभागले जुन हिसावले अघि बढाएको यो धेरै राम्रो छ ।’

    सचिव उपाध्यायले अन्तर भन्सारमा मूलयांकनमा रहेका विविधतालाई अनलाइन सिस्टममार्फत एकरुपता सिर्जना गर्नुपर्ने उहाँले बताउनु भयो ।