२०८२, माघ १२ गते

Jan 26 2026 | २०८२, माघ १२ गते

अफगानिस्तानमा भारी हिमपात र वर्षाका कारण ६१ जनाको मृत्यु

सोमवार , माघ १२, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, १२ माघ । अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।

    राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणकाअनुसार प्राकृतिक विपत्तिमा परी कम्तीमा ६१ जनाले ज्यान गुमाएका छन् भने ११० जना घाइते भएका छन् । यस प्रकोपले अफगानिस्तानका विभिन्न क्षेत्रमा ४५८ घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ ।

    प्राधिकरणले यो तथ्यांक प्रारम्भिक भएको र हाल विभिन्न स्थानमा सर्वेक्षण तथा मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताएको छ ।

    विगत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् ।