सोमवार , माघ १२, २०८२
काठमाडौं, १२ माघ । दक्षिण लेबनानमा इजरायलले गरेको हवाई हमलामा दुई हेजबुल्लाह सदस्यको मृत्यु भएको छ ।
अन्य पाँच जना घाइते भएका छन् । लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीकाअनुसार टायर जिल्लाको डर्डघया नगरपालिकामा भएको हवाई हमलामा एक जनाको ज्यान गएको छ ।
यसैबीच, जनस्वास्थ्य मन्त्रालयले बिन्त जबेल जिल्लाको खिरबेट सेल्म र कफार्दौनिने गाउँहरू बीचको क्षेत्रमा भएको शत्रुको हवाई हमलामा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जनाएको छ ।
एक लेबनानी सुरक्षा बताएअनुसार मारिने दुवै व्यक्ति हेजबुल्लाहका सदस्य थिए । इजरायली सेनाले दक्षिण लेबनानको बाजोरिये क्षेत्रमा एक हेजबुल्लाह लडाकुलाई मारेको बताएको छ ।
यो आक्रमण उक्त समूहद्वारा युद्धविराम सम्झौताको बारम्बार उल्लंघनको जवाफमा गरिएको दाबी गरेको छ । नोभेम्बर २७, २०२४ देखि अमेरिका र फ्रान्सको मध्यस्थतामा हेजबुल्लाह र इजरायलबीच युद्धविराम लागू भएपनि इजरायली सेनाले लेबनानमा हेजबुल्लाहका ’खतराहरू’ हटाउने दाबी गर्दै बारम्बार आक्रमणहरू गरिरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
