२०८२, माघ १२ गते

Jan 26 2026 | २०८२, माघ १२ गते

४८ यूनिट रगत संकलन

सोमवार , माघ १२, २०८२

  • 733
    Shares
  • 733
    Shares
  • भैरहवा, १२ माघ । ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखा, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देही र बेलहिया गाउँ समाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    भैरहवा भन्सार कार्यालय परिसरमा शनिबार आयोजित कार्यक्रममा ४८ यूनिट रगत संकलन भएको नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले बताउनुभयो । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कार्यक्रमको आयोजना गरिएको पन्थीले बताउनुभयो ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा एकाई सिद्धार्थनगर, रुपन्देहीको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।