२०८२, माघ १२ गते

Jan 26 2026 | २०८२, माघ १२ गते

शिक्षाको ज्योती फैलाउने प्रमुख आधारशिला नै आधारभूत विद्यालय हुन् : नगरप्रमुख पाण्डेय

सोमवार , माघ १२, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • बुटवल, १२ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षाको ज्योती फैलाउने प्रमुख आधारशिला नै आधारभूत विद्यालयहरु भएको बताउनुभएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरस्थित जनज्योती आधारभूत विद्यालयको ४६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै प्रमुख पाण्डेले आधारभूत विद्यालयहरुको शैक्षिक सुधारबाट नै सबै तहको शिक्षामा सुधारको प्रारम्भ हुने बताउनुभएको हो ।

    आधारभूत विद्यालयहरुको शैक्षिक उन्नतिबाट समग्र शैक्षिक क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रमुख पाण्डेयले आधारभूत विद्यालयहरुलाई सबल, सक्षम र गुणस्तरयुक्त बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । 

    आधारभूत विद्यालयहरुको विकासका लागि उपमहानगरले प्रयाप्त बजेट बिनियोजन गरी कार्यान्वयनमा ल्याएको दावी गर्दै उहाँले यी विद्यालयहरुको शैक्षिक विकासमा स्थानीय सरकारको प्रमुख जिम्मेवारी रहने बताउनुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका–३ का वडाअध्यक्ष विष्णु प्रसाद ढकालले आधारभूत तहको शिक्षा गुणस्तरीय भएमा भविष्यमा राष्ट्रका लागि सबल, सक्षम र गुणस्तरयुक्त कर्णधारहरु उत्पादन हुने बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाखर पाण्डेले आधारभूत विद्यालयका लागि स्थानीय समुदाय, वडा तह र पालिका तहबाट जस्तै प्रदेश र संघीय सरकारबाट पनि सहयोग आवश्यक रहेको बताउनुभयो । 

    प्रधानाध्यापक विष्णु जि.सी.ले बिद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयको भौतिक विकासका साथसाथै पछिल्लो समय शैक्षिक गतिविधि बढाउनुका साथै गुणस्तरमा पनि सुधार आएको बताउनुभयो । 

    शिक्षिका शोभा गिरीले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको संख्या बढाउनुपर्ने आवश्यक रहेको बताउनुभयो । ज्योतिनगर क्षेत्र विकास परिषदका अध्यक्ष चेतन गुरुङ्ग लगायत स्थानीय बुद्धिजीवि, समाजसेवी, अभिभावकहरुले ज्योतिनगर पहिरोको समस्या र विद्यालयका समस्याहरु उल्लेख गर्दै समाधानका उपायहरुबारे चर्चा गर्नुभयो ।