२०८२, माघ ११ गते

Jan 25 2026 | २०८२, माघ ११ गते

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान शुरु

आइतवार , माघ ११, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • पोखरा, ११ माघ । गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ ।

    राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट दुई पदका लागि ६ जनाबीच प्रतिष्पर्धा हुँदैछ । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा बिहान ९ बजेबाट मतदान चलिरहेको हो । मतदान केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्टा–छुट्टै लाइनको व्यवस्था गरिएको छ । महिलाबाट ३ र अन्य क्लस्टरमा ३ गरी ६ जनाको उम्मेदवारी परेको हो ।

    राष्ट्रिय सभामा काँग्रेस र एमालेले गठबन्धन गरेका छन् भने अन्य दलहरू एकल प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनका तर्फबाट एमालेबाट महिलामा सम्झना देवकोटाले उम्मेदवारी दिएकी छन् । नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे रुची र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा चुनावी मैदानमा छन् ।

    अन्य समूहमा गठबन्धनबाट काँग्रेसको तर्फबाट प्रा.डा. जगत तिमिल्सिनाको उम्मेदवारी पर्दा नेकपाले कपिल लामा र जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको छ । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुने भए पछि निर्वाचन हुन लागेको हो । गण्डकीमा कांग्रेस र एमाले गठबन्धनले दुवै सिट जित्ने निश्चितजस्तै छ ।

    ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता छन् । कांग्रेस एमालेको मतभार जोड्दा ५ हजार १८१ पुग्छ । यो मतभार दुई तिहाइ भन्दा बढी हो । गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९४१ मात्रै हुन्छ ।

    यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । राप्रपासँग १०६ मतभार छ । प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ ।