२०८२, माघ ११ गते

Jan 25 2026 | २०८२, माघ ११ गते

मिलन पार्क विकास समितिको अध्यक्षमा आचार्य

आइतवार , माघ ११, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • बुटवल, ११ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मा रहेको मिलन पार्क विकास समितिको ९ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनले हेमराज शर्मा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

    समितिको उपाध्यक्षमा राजु पाण्डे, सचिवमा गंगा ज्ञवाली, कोषाध्यक्षमा विशाल गैह्रे र सह–सचिवमा ज्ञानु पाण्डे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नन्दलाल द्विवेदी, तारा वि.क., लक्ष्मण सापकोटा ज्ञवाली र नारायण सुवेदी चयन हुनुभएको छ । 

    लेखा समिति संयोजकमा गणेश केसी, सदस्यहरुमा शिव आचार्य र दीपक पौडेल, अनुगमन समिति संयोजकमा मधुसूदन पुलामी, सदस्यहरुमा सीता भट्टराई पौडेल र माहाशर्मा पाण्डे चयन हुनुभएको छ ।