शनिवार , माघ १०, २०८२
भैरहवा । रुपन्देहीको मायोदेवि गाउँपालिका ८ मा रहेको जनचेतना माध्यामिक बिद्यालयले स्वर्ण जयन्ती मनाएको छ । बिद्यालयले सरस्वती पुजाको अवसर पारेर स्वर्ण जयन्ती मनाएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य देविप्रसाद चौधरीको प्रमुख आतिथ्यता, मायादेवि गाउँपालिकाका अध्यक्ष धुर्वनारायण चौधरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रममा सम्पन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षक, शिक्षिका सहित सरोकारवालाको उपस्थितीमा बिभिन्न कार्यक्रम गरिएको थियो ।
मायादेवि गाउँपालिका वडा नम्बर ८ भित्रको उत्कृष्ट बिद्यालयको रुपमा रहेको जनचेतनाले सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञानमा पनि बिशेष जोड दिईएको प्रधानाध्यापक शोभा काफ्लेले जानकारी दिनुभयो ।
स्वर्ण जयन्तीको अबसरमा बिद्यार्थीहरुले बिभिन्न किसिमका नृत्य सहित सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
स्वर्ण जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य देविप्रसाद चौधरी, मायादेवि गाउँपालिकाका अध्यक्ष धुर्वनारायण चौधरीले बिद्यालयको भौतिक र शैक्षिक गुणस्तरका लागि आबश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले लामो ईतिहास बोकेको बिद्यालयले आसातित बिकास गर्न नसकेको उल्लेख गर्दै यसको बिकासमा प्रदेश सरकार, गाउँपालिका, बिद्यालय व्यवस्थापन समिति, अभिभावक तथा शिक्षक, शिक्षिका मिलेर बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वर्ण जयन्तीको अवसरमा बिद्यालयमा अक्षर आरम्भ तथा बाल कक्षा बिद्यार्थी भर्ना, गीत तथा नृत्य प्रस्तुत, चन्दादाता तथा शिक्षाप्रेमीलाई सम्मान गरिएको बिद्यालयकी प्रधानाध्यापक काफ्लेले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
