शनिवार , माघ १०, २०८२
भैरहवा, १० माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिधिधि सभा सदस्यका उम्मेदवार फैज अहमद खाँले आफ्नो मतदाताको घरमा पुगेर समस्या बुझिरहनुभएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएका खाँले यसपटक आफूलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । ‘विगत धेरै वर्षदेखि देश र जनताको सेवामा कटिबद्ध भएर लागेको छु, २०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुखको उम्मेदवार पनि बने । जनताले सम्मानजक मत दिनुभयो । यसपटक जनताको पूर्ण साथ र सहयोगको लागि फिल्डमा आएको छु, ’उहाँले भन्नुभयो।
उहाँले नगरको मात्र नभइ अब यस क्षेत्र र देशको विकासमा काम गर्ने चाहनाका कारण आफूले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिएको बताउनुभयो ।
उहाँले आफूलाई सघाउनका देशमा परिवर्तन चाहने सबैलाई मतदान गर्न आग्रह गर्नुभयो । भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दा शिक्षा क्षेत्रको विकासका लागि आफूले गरेको कामबारे जनताले राम्रोसँग बुझेको बताउनुभयो । ‘म निर्वाचनको बेला मात्रै मतदाताको घर पुग्दिन, समयसमयमा पुगेर उहाँहरुको समस्या बुझेर पहल गरिरहेकै छु, ’खाँले भन्नुभयो ।
आफ्नो उम्मेदवारी देशको सुशासन, पारदर्शीता र भष्ट्राचारमुक्त नेपालको निर्माण गर्न सबै एकजुट हूनुपर्ने बताउँदै पटकपटक चुनेर पठाएकाले केही गर्न नसकेकोले आफु यो चुनावी मैदानमा आएको बताउनुभयो ।
नेता खाँले तत्कालिन नेकपा (माओवादी केन्द्र) हाल नेकपाले देशको विकासमा उल्लेखनीय काम गरेको र राम्रो काम गर्दागर्दा सरकारबाट बाहिरनुपरेको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
