२०८२, माघ ८ गते

Jan 22 2026 | २०८२, माघ ८ गते

यमनको अदनमा सैन्य टोली लक्षित कार बम विस्फोट, दुई सैनिकको मृत्यु

बिहिवार , माघ ८, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, ८ माघ । यमनको दक्षिणी बन्दरगाह शहर अदनमा बुधवार सरकारी समर्थक बलको सैन्य टोलीलाई लक्षित गरी गरिएको कार बम विस्फोटमा दुई सैनिकको मृत्यु भएको छ ।

    एक स्थानीय सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार अदनको उत्तरी बाहिरी इलाकामा पर्ने जाउलाह क्षेत्रबाट सैन्य टोली गुडिरहेका बेला विस्फोटक पदार्थले भरिएको सवारी साधन विष्फोट भएको थियो ।

    ती अधिकारीकाअनुसार उक्त सैन्य टोलीमा सरकारी पक्षधर जायन्ट्स ब्रिगेडका वरिष्ठ कमाण्डर हम्दी सुक्री पनि सवार थिए । विस्फोटले टोलीको एउटा सवारी साधनमा क्षति पु¥याउँदा त्यसमा रहेका दुई सैनिकको ज्यान गएको हो । तर सुक्री भने सुरक्षित रहन सफल भए ।

    प्रत्यक्षदर्शीहरूका अनुसार शक्तिशाली विस्फोटपछि तिब्र गोलीबारी भएको थियो र घटनास्थलबाट बाक्लो धुवाँ निस्किएको देखिएको थियो । घटनालगत्तै सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेरा हालेका थिए ।

    सुरक्षा स्थिति सुदृढ भएपछि सैन्य टोलीले आफ्नो यात्रा जारी राखेको थियो । सुक्रीले हाल साउदी सेनासँगको समन्वयमा अदनमा सुरक्षा र सैन्य मामिलाहरूको रेखदेख गरिरहेका छन् ।

    दक्षिण संक्रमणकालीन परिषद्को फिर्तीपछि साउदी सेनाले शहरको नियन्त्रण सम्हालेको छ । हालसम्म यस आक्रमणको जिम्मेवारी कुनैपनि समूहले लिएको छैन । यमन सन् २०१४ देखि द्वन्द्वमा फसेको छ ।

    जब हुथी विद्रोहीले साना र उत्तरी भागका ठूला क्षेत्रहरू कब्जा गरे । त्यसपछि सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले यमन सरकारको समर्थनमा हस्तक्षेप गरेको थियो ।