बुधवार , माघ ७, २०८२
काठमाडौं, ७ माघ । कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको जनाएको छ ।
बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि कर्जालाई पहिलो प्राथमिकतामा दिएको भन्दै लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको जानकारी दिनुभयो ।
ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको भन्दै उहाले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उहाँको उल्लेख गर्नुभयो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१÷८२ मा बैंकको कूल निक्षेप २० दशमलव ३१ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ९३ अर्ब ३५ करोड पुगेको छ भने कर्जा प्रवाह आठ दशमलव ४० प्रतिशतले वृद्धि भई रु दुई खर्ब २४ अर्ब पुगेको गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमाससम्म बैंकको कूल निक्षेप रु तीन खर्ब २४ अर्ब ९७ करोड र कूल कर्जा प्रवाह रु दुई खर्ब ३० अर्ब २७ करोड पुगेको बैंकले जनाएको छ । निष्क्रिय कर्जा कूल कर्जा लगानीको तुलनामा चार दशमलव ५२ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
