२०८२, माघ ७ गते

Jan 21 2026 | २०८२, माघ ७ गते

रामग्राम जेसीज वर्ष २०२६ को अध्यक्षमा मुकेश

बुधवार , माघ ७, २०८२

  • 454
    Shares
  • 454
    Shares
  • परासी, ७ माघ । युवाहरुको संस्था रामग्राम जेसीज वर्ष २०२६ को अध्यक्षमा मुकेश नारायण लोनिया निर्वाचित हुनुभएको छ । 
    सोमबार सम्पन्न रामग्राम जेसीजको २७ औं वार्षिक साधारणसभा तथा २६ औं शाखा अधिवेशनबाट लोनिया वर्ष २०२६ को नेतृत्वका लागि सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

    नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा किरण कुमार गुप्ता र रोशनी अग्रहरी, उपाध्यक्षहरुमा मनिष गुप्ता, अनिरुद्ध ठाकुर, अनुराग अग्रवाल र विकास ढुंगाना रहनुभएको मुख्य निर्वाचन आयुक्त एवं रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । 

    त्यस्तै सचिवमा हेमन्त चौधरी र सह–कोषाध्यक्षमा सञ्जय पौडेल निर्वाचित हुनुभएको छ । जेसीजको विधान अनुसार नवनिर्वाचित अध्यक्ष लोनियाले वर्ष २०२६ को महासचिवमा पुष्पा खनाल, कानूनी सल्लाहकारमा पुरुषोत्तम तिवारी र कोषाध्यक्षमा श्रद्धासुमन आचार्यलाई मनोनित गर्नुभएको छ । 

    यसअघि माघ २ गते रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्य तथा रामग्राम जेसीज वर्ष २०२५ का अध्यक्ष विष्णुराज रावको अध्यक्षतामा साधारणसभा उद्घाटन भएको थियो । 

    युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था रामग्राम जेसीज सन् २००० मा स्थापना भएको हो । सन् २०२५ मा रामग्राम जेसीजले रजत जयन्ती समेत मनाएको थियो ।