बुधवार , माघ ७, २०८२
भैरहवा, ७ माघ । रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति मोजीब अली मुसलमानले उम्मेदवारी दिनुभएको छ । उहाँले मंगलबार राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
मुसलमान पार्टीको केन्द्रीय सचिव हुनुहन्छ । २०६५ सालमा सम्पन्न निर्वाचनमा उहाँ भैरहवा बहुमुखी क्याम्पस भैरहवा स्ववियु सभापतिमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला उहाँको नेतृत्वको प्यानलै विजयी भएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी यही माटोमा हुर्किएको बाटो भएको र यो मुलुकको विकासका लागि यही पार्टीले नै काम गर्ने उहाँको भनाइ छ । ‘हामीले युवाहरुलाई रोजगारीका लागि विदेश पठाउने होइन, नेपालमै रोजगारी सिर्जना गर्ने हो, हामीसँगै देशको विकास गर्ने स्पष्ट खाका छ, ’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
