२०८२, माघ ८ गते

Jan 22 2026 | २०८२, माघ ८ गते

ट्युनिसियामा भीषण वर्षा र बाढीका कारण ४ जनाको मृत्यु

बुधवार , माघ ७, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • काठमाडौं, ७ माघ । ट्युनिसियामा सन् १९५० पछिको सबैभन्दा भारी वर्षाका कारण आएको विनाशकारी बाढीमा परी चार जनाको ज्यान गएको छ ।

    देशको पूर्वी तटीय क्षेत्रमा २३० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ । जसले गर्दा सडकहरू जलमग्न भएका छन् र नदीहरूमा ठूलो बाढी आएको छ ।

    सरकारी निकायहरूले उच्च जोखिमयुक्त क्षेत्रमा रेड अलर्ट जारी गर्दै उद्धारका लागि सेना समेत परिचालन गरेका छन् । भारी वर्षाका कारण नदी र खोलाहरूमा बाढी आउँदा सडकहरू अवरुद्ध भएका छन् र सवारी साधनहरू फसेका छन् ।

    ८ भन्दा बढी गभर्नोरेट (प्रान्त) हरूमा विद्यालयहरू बन्द गरिएका छन् र मुख्य सडकहरू ठप्प भएका छन् । नागरिक सुरक्षा विभागले १०६ भन्दा बढी स्थानमा उद्धार कार्य सञ्चालन गरी १५ जनाको उद्धार र ३०० जनालाई बाढीग्रस्त क्षेत्र पार गर्न सहयोग गरेको छ । राष्ट्रपति कैस सैयदले देशभरका उद्धार कार्यमा सेनालाई सहभागी हुन निर्देशन दिनुभएको छ  ।