२०८२, माघ ७ गते

Jan 21 2026 | २०८२, माघ ७ गते

मोबाइल एप्लिकेसन ‘ग्लोबल पे’ सार्वजनिक

मंगलवार , माघ ६, २०८२

  • 262
    Shares
  • 262
    Shares
  • मस्कट (ओमान), ६ माघ । ओमानको अग्रणी मुद्रा विनिमय कम्पनी ग्लोबल मनी एक्सचेन्ज कम्पनी एलएलसीले डिजिटल भुक्तानी समाधानतर्फ महत्वपूर्ण फड्को मार्दै कोम्भीभाद्वारा सञ्चालित नयाँ मोबाइल एप्लिकेसन ‘ग्लोबल पे’ सार्वजनिक गरेको छ।

    ओमानको राष्ट्रिय डिजिटल रूपान्तरण दृष्टिकोणसँग मेल खाने यो एपले सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले डिजिटल रूपान्तरण समाधानमा विश्वव्यापी रूपमा स्थापित संस्था कोम्भीभासँग साझेदारी गरेको हो । कोम्भीभा टेक महिन्द्रा समूहको सहायक कम्पनी हो ।

    एप्लिकेसन सार्वजनीक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शेख सुलेमान अब्दुलमलिक अब्दुल्लाह अल खलीलीले ग्लोबल पे एपले स्थानीय तथा अन्तर्राष्ट्रिय भुक्तानी कारोबारलाई सुरक्षित र प्रभावकारी बनाउने बताउनुभयो । उहाँले एप पिसिआई–डिएसएस प्रमाणित रहेको उल्लेख गर्दै भुक्तानी तथा डेटा सुरक्षामा उच्चतम मापदण्ड अपनाइएको बताउनुभयो । उहाँले यो एप ओमानी नागरिक र प्रवासी समुदायबीच व्यापक रूपमा प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

    प्रमुख कार्यकारी अधिकृत राजेश चण्डिरमणिल डिजिटल रूपान्तरण यात्रामा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले ग्लोबल पेले वित्तीय समावेशीकरण प्रवद्र्धन गर्ने विश्वस्तरीय डिजिटल अनुभव प्रदान गर्दै मध्यपूर्वका वित्तीय संस्थाहरूलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रबन्ध निर्देशक सुब्रोमोनियान के. एस. ले बैंक खाता नभए पनि प्रयोगकर्ताले उपयोगिता बिल तथा शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । साथै क्यूआर कोडमार्फत ओमानका कुनै पनि बैंक वा सेवा प्रदायकका ग्राहकबाट भुक्तानी स्वीकार गर्न सकिने भएकाले पूर्ण अन्तरसञ्चालनशील भुक्तानी प्रणाली सुनिश्चित भएको बताउनुभयो ।

    महाप्रबन्धक सोनम दोर्जे ले ग्लोबल पे एपलाई प्रभावकारी ग्राहक सेवा प्रणालीले समर्थन गर्ने जानकारी दिनुभयो । ग्राहकहरूले ओमानभर रहेका शाखा वा समर्पित हेल्पलाइनमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

    कार्यकारी सल्लाहकार मधुसूदनन आर.ले  ओमानमा भुक्तानी सेवा प्रदायक (पिएसपि) इजाजतपत्र प्राप्त गर्ने पहिलो मुद्रा विनिमय कम्पनी भएको उल्लेख गर्नुभयो । उहाँले यो पहलले सल्तनतको नगदरहित अर्थतन्त्र निर्माणको लक्ष्यलाई बलियो साथ दिने बताउनुभयो । उहाँले भविष्यमा ग्लोबल पे अन्तर्गत थप सुविधा चरणबद्ध रूपमा विस्तार गरिने पनि जानकारी दिनुभयो ।

    82d461eb-4924-4ee6-90e6-72265bf55d4e.jpg

    पत्रकार सम्मेलनमा शेख अहमद अब्दुलमलिक अब्दुल्लाह अल खलीली, शेख अज्जान अब्दुलमलिक अब्दुल्लाह अल खलीली, कम्पनीका वरिष्ठ अधिकारीहरू तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।