२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

रुपन्देहीमा १५९ जनाको मनोनयन दर्ता

मंगलवार , माघ ६, २०८२

  • 415
    Shares
  • 415
    Shares
  • रुपन्देही, ६ माघ । रुपन्देहीमा उत्साह पुर्वक रुपमा मनोनयन दर्ता भएको छ । रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा उत्साहका साथै शान्तिपूर्ण रुपमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    रुपन्देहीमा एक सय ५९ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा शान्तिपुर्ण तथा निकै  उत्साहका साथ मनोनयन दर्ता सम्पन्न भएको आयोगकी प्रमुख कल्पना अर्यालले जानकारी दिनुभयो ।

    रुपन्देही क्षेत्र नम्बर एकमा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३२ जनामध्ये २० जनाले दलको र्फबाट उम्मेदवारी दर्ता गराएका छन् भने १२ जनाले स्वन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रुपन्देही-१ मा एक जना महिला उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । 

    Manonan.jpg

    रुपन्देही क्षेत्र नमबर २ मा सवैभन्दा धेरै उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ मा ४१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार २१ जनाले दलको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् भने २० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

    यता रुपन्देही क्षेत्र नम्बर ३ मा ३६ वटा उम्मेदवारी परेको छ । दलकोतर्फबाट १९ जनाले उम्मेदवारी दर्ता गराउदा १७ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो । रुपन्देही-३ मा २ जना महिलाले उम्मेदवारी दिएका छन् । 

    रुपन्देही क्षेत्र नम्बर ४ मा २२ जनाले उम्मेदवारी दिएका छन् । १५ जना उम्मेदवारीले दलको तर्फबाट उम्मेदवारी दिएका छन् भने ७ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत टोपबहादुर बिष्टले जानकारी दिनुभयो। रुपन्देही-४ मा ३ जना महिलाले उम्मेदवारी दिएका छन् । 

    रुपन्देही क्षेत्र नम्बर ५ मा २८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । २८ मध्ये १९ जनाले दलको तर्फबाट उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो । ९ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकोमा ३ जना महिला रहेको निर्वाचन अधिकृत रेग्मीले उल्लेख गर्नुभयो ।