मंगलवार , माघ ६, २०८२
भैरहवा, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का नेता बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै घिमिरेले पार्टीले उच्च मूल्यांकन गरेर पुनः उम्मेदवार बनाएको बताउनुभयो ।
‘मलाई विश्वास छ मैले नागरिकबाट विश्वास जित्नेछु । अहिले संविधान एउटा लिक भन्दा बाहिर गएको अनुभुति भएको छ, उहाँले भन्नुभयो–‘निर्वाचनबाट बन्ने नयाँ सरकारले संविधान संशोधन गर्ने र जेनजीका माग सम्बोधन गर्नुपर्छ ।’ नेपालको प्रमुख मुद्दा सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको उहाँको भनाइ छ । आफू प्रतिनिधि सभा सदस्यको जिम्मेवारी रहदा यहाँका मुद्दाका बारेमा संसद्मा निरन्तर आवाज उठाउँदै आएको उहाँले बताउनुभयो ।
घिमिरे २०७४ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७९ सालमा रुपन्देही–५ मा काँग्रेसका उम्मेदवार भरत कुमार शाहलाई पराजित गरी उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij