२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

बालेन्द्र साहले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराए

मंगलवार , माघ ६, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • झापा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    मंगलवार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गराउनुभएको हो । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका साहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताउनु भयो ।

    झापा–५ लाई राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको यो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शाहको प्रत्यक्ष भिडन्त हुने पक्का भएको छ ।

    ओलीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुहुनेछ । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रश्तुत गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिष्पर्धाको केन्द्र बनेको छ ।