२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

१०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

शुक्रवार , माघ २, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • कपिलवस्तु, २ माघ । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २४ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । क्लबले कपिलवस्तुको बागंगा नगरपालिका–११ स्थित श्री हेमराज माध्यमिक विद्यालयमा १०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । 

    कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई लक्षित यस्ता कार्यक्रमहरूले उनीहरूको आत्मविश्वास बढाउने र पढाइप्रति सकारात्मक सोच विकास गर्ने बताउनुभयो । उहाँले रोट्रयाक्ट क्लबको सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

    त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीले विद्यालयलाई गरिएको सहयोगका लागि क्लबप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्ता साझेदारीले शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्ने धारणा राख्नुभयो ।

    रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष आविष्कार खनालले क्लबले समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र युवा सशक्तिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो ।

    रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष तथा रोट्रयाक्टका पूर्वअध्यक्ष बाबुराम बन्जाडे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक झबिन्द्र प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष खिमराज बेलबासे, विद्यालय व्यवस्थापन समिति सदस्य विमला चौधरी, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र विद्यालयका शिक्षकहरूको उपस्थिति  थियो ।

    क्लबका पूर्वअध्यक्ष लक्ष्मण पन्थीको स्वागत तथा सचिव केशव पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा क्लबको ३४१ औं नियमित बैठक पनि विद्यार्थीहरूकै बीचमा सम्पन्न गरिएको थियो भने केक काटेर २४ औं स्थापना दिवस मनाइएको थियो । कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीलाई रोटरी चार सुत्रीय कसि ब्यानर प्रदान गर्नुभएको थियो ।

    कार्यक्रम सफल बनाउन हजुरबुवा स्वर्गीय गंगाराम बन्जाडेको स्मृतिमा नाति योगेश बन्जाडेबाट, जन्मदिनको अवसरमा सरला बन्जाडेबाट तथा सहयोगको रुपमा रमेश शर्मा, लेखनाथ पौडेल तथा धना पौडेल, चन्दन सिजाली, स्वस्ती धिताल, हिमा पोखरेल, शैलेन्द्र यादव र सुनिता के.सी. लगायतका सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको क्लबले जनाएको छ ।