२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

मस्जिदको लागि मार्वल खरीद गर्न राप्रपाद्वारा साढे २ लाख बढी सहयोग

बुधवार , बैशाख १५, २०७८

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • भैरहवा, १५ वैशाख ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मस्जिदको लागि मार्वल खरीद गर्न आर्थिक सहयोग गरेको छ । राप्रपाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ कांटागाउँस्थित रजा मस्जिदको लागि मार्वल खरीद गर्न लाग्ने २ लाख ५२ हजार रुपैयाँ प्रदान गरेको हो ।

    बुधबार एक कार्यक्रमकाबीच राप्रपा सिद्धार्थनगर–३ का नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद उपाध्यायले रजा मस्जिदका अध्यक्ष महबुब आलिम जोलाहालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    राप्रपा रुपन्देहीका अध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला सदस्य कृष्ण प्रसाद भण्डारी, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, सिद्धार्थनगर–१३ का अध्यक्ष सौरभ राजभण्डारी, शंकर खत्री, गौरी थापा, दुर्गा श्रेष्ठ, धार्मिक गुरु लगायतको उपस्थिति रहेको थियो ।