२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

लुम्बिनीमा कोरोना विशेष अभियान

आइतवार , श्रावण ३२, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ३२ साउन ।
    लुम्बिनी विकास कोषले महामारीको रुपमा फैलिदैं गएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान चलाउन थालेको छ । 

    विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार कोषले सर्वसाधारणको नाममा जनचेतनामूलक सन्देश जारी गर्दै उक्त सन्देश विकास कोष क्षेत्रको आसपास रहेको गाउँगाउँमा पुर्‍याउने तयारी गरेको हो । 

    कोरोना भाइरस (कोभिड–१९) का लक्षणहरु के के हुन ? संक्रमित भएको कसरी थाहा पाउने र बच्ने उपाय के हुन ? संक्रमित भइसकेपछि अपनाउनुपर्ने उपाय के हुन भन्ने कुराहरु स्थानीय भाषामा समेत गाउँगाउँमा सन्देश प्रवाह गर्न थालिएको हो । 

    कोषले यस अघि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोभिड–१९ कोषमा १५ लाख आर्थिक सहयोग समेत गरेको थियो । कोभिड–१९ को प्रकोप फैलिएसंगै यति बेला लुम्बिनीको स्थलगत अवलोकनमा रोक लगाइएको छ ।