२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

कालिका मानवज्ञानको ६५ औ वार्षिककोत्सव : आन्तरिकतर्फको खेल सप्ताह सुरु

मंगलवार , मंसिर २३, २०८२

  • 541
    Shares
  • 541
    Shares
  • बुटवल, २३ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५ औ वार्षिककोत्सव तथा अभिभावक दिवस अन्तर्गत आन्तरिकतर्फका  खेलकुद कार्यक्रम शुभारम्भ गरिएको छ । 

    सोमबार सेक्टर–१ कालिकानगरमा एक विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिको नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 

    कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पियाले खेलकुदले विद्यार्थीको अन्तरनीहित प्रतिभालाई राष्ट्रियकरण समेत गर्न सक्ने बताउनुभयो । उहाँले विद्यालयस्तरबाट खेलकुद गतिविधिलाई बढावा दिनु आफैमा राम्रो कार्यको सुरुवात भएको समेत बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याखलयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, पिताम्बर बन्जाडे हित कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन, मानविकी संकाय बिहानी र दिवा समूहका इञ्चार्जहरुको समेत सहभागीता थियो ।

    विद्यालयको ६५ औ वार्षिकोत्सवको अवसर मंसिर २३, २४ र २५ गते आन्तरिक खेलकुद प्रतियोगिता आयोजना हुनेछन् । जसमा लङजम्प, हाईजम्प, दौड २ सय, ३ सय, ४ सयर ८ हजार  मिटरसहित छात्रछात्रा कबड्डी प्रतियोगिता, भलिबल प्रतियोगिता आयोजना गरिएको हो । यसको साथै विद्यालयको आयोजनामा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता समेत आयोजना हुँदैछ । जसमा छात्रछात्रा भलिबल, जिल्लास्तरीय कबड्डी प्रतियोगिता समेत आयोजना हुने विद्यालयका खेलकुद संयोजक ओम सारुले जानकारी दिनुभयो ।   

    भलिबल र कबड्डीमा सहभागी विद्यालयमध्ये प्रथम हुनेले ३० हजार, द्वितीय हुने टीमले २० हजार  र तृतीय हुनेले १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र, ट्रफी पाउने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी दिनुभयो। जुन प्रतियोगिता पुस १ देखि ५ गतेसम्म चल्नेछन् । विद्यालयको वार्षिक उत्सव ६ गते छात्रवृत्ति वितरणसहित सम्मान कार्यक्रम सेक्टर २ रामनगरमा हुनेछ भने मूल समारोह ६ गते कालिकानगर सेक्टर १ मा हुनेछ ।