२०८२, मंसिर २२ गते

Dec 08 2025 | २०८२, मंसिर २२ गते

प्रथम भैरव नकआउट फुटबल : बुद्ध युवा क्लब विजयी

सोमवार , मंसिर २२, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २२ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवा माध्यमिक विद्यालयको खेलमैदानमा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता–२०८२’ अन्तर्गत आइतबार भएको खेलमा बुद्ध युवा क्लब ठुटीपिपल, ओमसतिया, रुपन्देही र अञ्चलपुर युवा क्लब, सिद्धार्थनगरबीच भएको खेलमा बुद्ध युवा क्लब विजयी भएको छ ।

    खेलमा बुद्धले १३ गोल गरेको छ भने अञ्चलपुरले ३ गोल मात्रै गरेको हो । बुद्धका खेलाडी सुरज चौधरीले ९ गोल गर्नुभयो । बुद्धकै रोशन थापाले २, सुदन सोमइ १ र विशाल सुनारले १ गोल गर्नुभयो । 

    अञ्चलपुरका सुशील रेश्मीले १ र सुजन जि.सी.ले २ गोल गर्नुभयो । आइतबारको खेलमा बुद्धका सुरज चौधरी म्यान अफ द म्याच घोषित भइ २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको प्रतियोगिताका संयोजक तेजेन्द्र (शक्ति) गुरुङले बताउनुभयो ।

    सोमबार मोन्सस्टर गाइज, सुनवल नवलपरासी र लिस्नु युवा क्लव कोटिहवा, तिलोत्तमा रुपन्देहीबीच प्रतिष्पर्धा हुने आयोजक भैरव युवा क्लब नयाँ गाउँ, रानी गाउँ, सिद्धार्थनगरका किसन थापाले दिए ।

    मंसिर २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष याम बहादुर थापाले बताउनुभयो । लामो समयदेखि हुन नसकेको राष्ट्रियस्तरको गोल्डकप निकट भविष्यमा आयोजना गरी सिद्धार्थनगरलाई खेलकुदमय बनाउने सपना र बचेको रकमबाट पक्लिहवा माविमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।