२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

जसपा नेपाल रुपन्देहीद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

आइतवार , मंसिर २१, २०८२

  • 874
    Shares
  • 874
    Shares
  • भैरहवा, २१ मंसिर । संविधान संशोधनसहित विभिन्न २८ बुुँदे माग राख्दै आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले धर्ना कार्यक्रम गरेको छ । आइतबार पार्टीको जिल्ला समिति रुपन्देहीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना दिएको हो ।

    पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार एक घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताउनुभयो । धर्नामा पार्टीका केन्द्रीय सदस्यहरु कैलाश गुरुङ, रीता यादव,सावित्रा वि.क.,निलम यादव, लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादव, उपाध्यक्ष मोहम्मद असलम खान, कोषाध्यक्ष बच्चुलाल केवट, जिल्ला सचिव विष्णु अधिकारी, प्रदेश, जिल्ला र पालिका समितिका पदाधिकारी, सदस्यहरुलगायतको सहभागीता थियो ।

    धर्नामा सहभागीहरुले जसपा नेपालका नेता–कार्यकर्ताहरुले २८ बुँदे माग पूरा गर, मलखादको व्यवस्था गर, स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकारभित्र कायम गर, जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर, निर्दलीय स्थानीय चुनावको व्यवस्था गर, नेपाल सरकारले गर्ने राजनीतिक नियुक्तिहरुमा भागबण्डाको अन्त्य गर, संविधान संशोधन तथा पुर्नलेखन गर, हाम्रा किसान, हाम्रा सान, प्रदेशहरुका लागि प्रहरी र कर्मचारी समायोजन लागू गर लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।