शनिवार , मंसिर २०, २०८२
भैरहवा । रोटरी क्लव अफ भैरहवाले मुसहर बस्तीमा पुगेर न्यानो कपडा वितरण गरेको छ ।
क्लवको दशौं स्थापना दिवसको अबसरमा रुपन्देहीको तिलोत्तमा १७, कानापारमा रहेका मुसहर बस्तीका नागरिकलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष कमल कोईरालाले जानकारी दिनुभयो ।
उहाँले १२ परिवारका ३२ जनालाई न्यानो कपडा स्वरुप लगाउने कपडा र २२ वटा कम्बल बितरण गरिएको बताउनु भयो ।
जितेन्द्र नाथ शर्माको जसमा प्रमुख अतिथ्यता तथा क्लबका जिएसआर एजाज आलमकोे बिशिष्ट अतिथ्यता तथा चार्टर प्रेसिडेन्ट राज कुमार गुप्ताकाको आथित्यतामा कार्यक्रम गएको थियो ।
क्लवको सेवामुलक कार्यक्रम अन्तरगत अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको क्लवका सचिव सुमन पौडेलले जानकारी दिनुभयो । उहाँले अति विपन्न परिवारलाई सेवा गर्न पाउदा आफुहरुलाई निकै खुसि महशुष भएको बताउनु भयो ।
कार्यक्रम संयोजक पवन पौडेलको स्वागतमा भएको कार्यक्रममा स्थापना दिवस समेत मनाईएको थियो । सामाजिक सेवामा क्रियासिल क्लवले अन्य बिभिन्न सेवामुलक कार्य गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij