२०८२, कार्तिक ५ गते

Oct 22 2025 | २०८२, कार्तिक ५ गते

गोवर्द्धन पूजासँगै गाई र गोरु पूजा गरिँदै

बुधवार , कार्तिक ५, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • काठमाडौं, ५ कार्तिक । आज कार्तिक शुक्ल प्रतिपदा तिथिमा नेपाल र भारत लगायत हिन्दु धर्मावल्वीहरुले गोवद्र्धन पूजा गरेर तिहार मनाउँदै छन् ।

    दीपावलीको भोलिपल्ट मनाइने यो पर्वमा भगवान श्रीकृष्णले गोवद्र्धन पर्वतलाई औंलामा उठाएर इन्द्रको अभिमान चकनाचुर पार्नुभएको लीलालाई सम्झँदै गाईगोरु र पर्वतको पूजा गरिन्छ । यसलाई अन्नकूट पर्व पनि भनिन्छ ।

    जसमा विभिन्न प्रकारका अन्न, फलफूल र मिठाईहरूको भोग लगाइन्छ । नेपालका हिन्दू परिवारहरूमा बिहानैदेखि गोबरले गोवद्र्धन पर्वतको प्रतिमा बनाउने र फूलपाती तथा दुधबाट सिञ्चन गर्ने परम्परा छ ।

    काठमाडौं उपत्यकाका मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको छ भने घरघरमा पूजापाठको रौनक छ । पशुपति मन्दिर, स्वयम्भूनाथ र अन्य धार्मिक स्थलहरूमा विशेष पूजाआरतीको आयोजना गरिएको छ । यसैबीच, ग्रामीण भेगमा गाईगोरुको सम्मान गर्दै परिक्रमा गर्ने र अन्नकूट प्रसाद वितरण गर्ने चलन कायमै छ । 

    गोवद्र्धन पूजाको कथा द्वापर युगसँग जोडिएको छ । भगवान कृष्णले ब्रजवासीहरूलाई इन्द्रको मूसलाधार वर्षाबाट बचाउन गोवद्र्धन पर्वतलाई सात दिनसम्म औंलामा धारण गर्नुभयो ।

    सातौं दिन पर्वत फर्काएपछि उहाँले प्रतिवर्ष यो पूजा गर्न आज्ञा दिनुभयो । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई जोड दिन्छ । पूजा विधिअनुसार गोबरबाट बनेको पर्वतमा रोली, चामल, दुध, फूल र दीप प्रज्वलन गरेर आरती गरिन्छ ।

    यसबाट वर्षभर श्रीकृष्णको कृपा प्राप्त हुने विश्वास छ । गोवद्र्धन पूजाले सबैलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै दीपावली उत्सवलाई थप उल्लासमय बनाएको छ । भाईटीकासँगै यमपञ्चक पनि समापन हुनेछ ।