२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शको अध्यक्षमा पोखरेल 

बिहिवार , बैशाख ९, २०७८

बुटवल, ९ वैशाख ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा बुटवलका टंकप्रसाद पोखरेल मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको विधान बमोजिम पोखरेललाई तीन वर्षे कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । 

पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गर्दै केन्द्रिय अध्यक्ष मल्लले पोखरेललाई कार्यकाल सफलताको शुभकामना दिएका छन् । अध्यक्षमा मनोनित भएपछि पोखरेलले चेम्बर अफ कमर्शको संस्थागत विकासमा र व्यवसायीहरुको हकहित संरक्षणमा सिंगो प्रदेश समिति लाग्ने प्रतिक्रिया दिएका छन् । 

प्रदेशमा विभिन्न अभियानमार्फत् रोजगारी वृद्धि गर्ने र आयआर्जनमा जोड्नमा प्रयाप्त ध्यान दिने अध्यक्ष पोखरेलले बताए । नवनियुक्त पोखरेलले भने–चेम्बरको संस्थागत विकास गर्दै व्यावसायिक एकतामा जोड दिनेछौं । रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि व्यवसायिक अभियानमा सक्रिय रहेका पोखरेल रूपन्देही व्यापार संघको २०६४देखि २०७०सम्म अध्यक्ष रहेर सफल भुमिका निर्वाह गरिसकेका छन् । 

बुटवल जेसिज, रोटरी क्लव र सहकारीमा समेत कुशल नेतृत्व प्रदान गरिसकेका पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटो मोबाइल्स, हाइड्रो, बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेका छन् ।