२०८२, कार्तिक ३ गते

Oct 20 2025 | २०८२, कार्तिक ३ गते

फिलिपिन्समा फेंगशेन आँधीबाट ८ जनाको मृत्यु, २ जना बेपत्ता

सोमवार , कार्तिक ३, २०८२

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, ३ कार्तिक । आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ ।

    साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ । ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तको पिटोगो नगरपालिकामा ढलेको रूखले पाँच जनाको मृत्यु भएको र मध्य फिलिपिन्सको पश्चिमी भिसायास क्षेत्रमा अन्य तीन जनाको मृत्यु भएको बताउनु भयो ।

    कास्टिलोले दक्षिणी फिलिपिन्सको बुकिडनोन प्रान्तको क्वेजोन नगरपालिकामा पहिरोमा बेपत्ता भएका दुई जनाको खोजी र उद्धार कार्य जारी रहेको बताउनु भयो । फेंगशेनले देशभर १५ हजार परिवार वा लगभग ३० हजार व्यक्तिहरूलाई असर गरेको छ ।

    बाइस हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । कास्टिलोकाअनुसार आँधीले मध्य र दक्षिणी फिलिपिन्समा बाढी र पहिरो निम्त्याएको छ ।

    राज्यको मौसम विभागले सोमवार बिहान फेंगशेन फिलिपिन्सबाट बाहिरिने पूर्वानुमान गरेको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा आँधी आउँछन् ।