
शुक्रवार , आश्विन ३१, २०८२
भैरहवा, ३१ असोज । गौरवान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भैरहवाले आफ्नो १६औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन बिहीबार सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सार्वजनिक गर्दै सहकारीको आर्थिक अवस्था, उपलब्धि र आगामी योजनाबारे जानकारी गराइएको थियो ।
संस्थाको शेयर पुँजी १ करोड ७४ लाख ११ हजार रुपैयाँ पुगेको छ भने बचत रकम ७ करोड ७८ लाख ८६ हजार ९ सय १३ रुपैयाँ रहेको छ । हाल सहकारीमा ५७२ जना सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ ।
अधिवेशनबाट अध्यक्षमा भरतकाजी के.सी., उपाध्यक्षमा दुुर्गा बहादुर कुँवर, सचिवमा गिरबहादुर केसी, कोषाध्यक्षमा दलकुमार कुँवर, सदस्यमा मेखबहादुर कंडेल, रामबहादुर थापा, प्रेमबहादुर कुँवर, सुमना कुँवर र कमला भण्डारी निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य ओमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष के.सी.ले संस्थालाई अगाडि बढाउन निरन्तर खटिइरहने र शेयर सदस्यको भावनाअनुुरुप काम गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले सहकारीलाई सुदृढ र पारदर्शी बनाउन सबै सदस्यको इमानदार योगदान आवश्यक रहेको बताउनुभयो । उहाँले इमानदारीपूर्वक काम गर्ने समिति भए सहकारीमा समस्या नहुने धारणा व्यक्त गर्नुभयो । साधारणसभामा असल ऋणी, उच्च शिक्षा हासिल गर्ने सदस्यहरू र जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij