२०८२, आश्विन ३१ गते

Oct 17 2025 | २०८२, आश्विन ३१ गते

पुटिनसँग हंगेरीमा भेट हुन्छ : ट्रम्प

शुक्रवार , आश्विन ३१, २०८२

  • 229
    Shares
  • 229
    Shares
  • काठमाडौं, ३१ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार रुस–युक्रेन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले हंगेरीको बुडापेस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने बताउनुभएको छ ।

    दुई नेताबीचको टेलिफोन वार्तापछि उहाँले यस्तो जानकारी दिनुभएकोहो । ट्रम्पले दुई देशले अर्को हप्ता उच्चस्तरीय सल्लाहकारहरूको बैठक गर्ने सहमति भएको बताउनु भयो ।

    जसमा विदेशमन्त्री मार्को रुबियोले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बैठकको स्थान निर्धारण गरिने बताउनु भयो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको एक दिन अगाडि फोन वार्ता भएको हो । 

    ट्रम्प र पुटिन अगस्टमा अमेरिकी राज्य अलास्कामा भेटेका थिए ।