
शुक्रवार , आश्विन ३१, २०८२
काठमाडौं, ३१ असोज । मङ्गोलियाको ठूलो भागमा असामान्य रूपमा भारी हिमपात भएको छ ।
राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले बिहीवार यसबारे रिपोर्ट गरेको हो । मङ्गोलियाको राजधानी उलान बाटोर लगायत पश्चिमी प्रान्त उभ्स र खोभ्द र देशको मध्य भागमा प्रतिसेकेण्ड १६ मिटरसम्मको हावाको गतिमा हिउँ र हिमपात भइरहेको छ ।
प्रभावित क्षेत्रहरूमा औसत ४०–८० सेन्टिमिटर वर्षा भएको छ । पहाडी क्षेत्रहरूमा हिउँको गहिराइ १ सय ८० सेन्टिमिटरसम्म पुगेको छ । हिमपातपछि यी क्षेत्रहरूको तापक्रम माइनस १५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ ।
मौसम विभागले सप्ताहन्तसम्म देशका धेरै भागहरूमा तेज हावा र हिउँ सक्रिय रहने पूर्वानुमान गरेको छ । नागरिकहरूलाई सम्भावित प्रकोपहरू विरुद्ध थप सावधानी अपनाउन आग्रह गरिएको छ ।
मङ्गोलियाली राष्ट्रिय राज्य आपतकालीन समितिले चिप्लो सडक अवस्था र कमजोर दृश्यताका कारण राजधानीलाई पश्चिमी प्रान्तहरूसँग जोड्ने सडकहरूमा अस्थायी रूपमा यातायात प्रतिवन्ध लगाएको छ ।
मंगोलिया यसको कठोर महाद्वीपीय हावापानीको लागि परिचित छ । जहाँ लामो समय जाडो र छोटो समय मात्रै गर्मी हुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij