२०८२, कार्तिक १ गते

Oct 18 2025 | २०८२, कार्तिक १ गते

तेस्रो दिनको एमाले केन्द्रिय कमिटीको बैठक शुरु

शुक्रवार , आश्विन ३१, २०८२

  • 295
    Shares
  • 295
    Shares
  • काठमाडौं, ३१ असोज । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।

    ललितपुरको भनिमण्डलमा बैठक बिहान साढे ८ बजेबाट शुरु भएको हो । केन्द्रिय कमिटीको तेस्रो दिन आज बैठक सक्ने तयारी एमालेको छ । पहिलो र दोस्रो दिन १८४ जनाले आफ्ना धारणा राख्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो ।

    उहाँकाअनुसार प्रत्येक केन्द्रिय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय छुट्याइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले धारणा राख्नुभएको छ ।

    साथै समसामयिक राजनीति, सरकारका गतिविधिका बारेमा पनि आफ्ना धारणा राख्नुभएको प्रमुख गौतमले बताउनु भयो । एमाले केन्द्रिय समिति सदस्यहरुको संख्या ३ सय ५७ रहेको छ ।

    प्रदेशगत अध्यक्षहरु १० जना जोडेर ३ सय ६७ जनाले आफ्ना धारणा राखेपछि बैठक सकिनेछ । संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पु¥याउनुपर्ने विषय उठेको बताउनु भयो।

    अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताउनु भयो ।

    सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताउनु भयो ।