२०८२, आश्विन ३० गते

Oct 16 2025 | २०८२, आश्विन ३० गते

सरकारले निर्वाचन गराउने बाटो समातेको छैन : ओली

बुधवार , आश्विन २९, २०८२

  • 556
    Shares
  • 556
    Shares
  • काठमाडौं, २९ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताउनुभएको छ ।

    बुधवारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकीर गर्नुभएको हो । अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने बाटो नसमातेको समेत बताउनु भयो । उहाँले सरकार असंवैधानिक र अवैध भएको पनि दोहो¥याउनु भयो । 

    अध्यक्ष ओलीले भन्नुभयो,‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्दछ । चुनाव हुनेवाला छैन । सरकारले चुनाव गराउने बाटो समातेको छैन । अवंधानिक सरकार हो यो ।

    अबैध सरकार हो । हामी सबैलाई थाहा छ । पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ, गर्नुहुन्न भन्ने संविधानमा लेखेको छैन ? आफै फैसला गर्ने अनि फेरि आफैँ असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ?’

    अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याउनु भयो ।