२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

भूमिका फेरिन्छ, तर दृष्टिकोण उस्तै रहन्छ (महिला सशक्तिकरण)

शनिवार , आश्विन २५, २०८२

  • 514
    Shares
  • 514
    Shares
  • जब एउटी महिला बुहारी बन्छिन्,
    उनलाई लाग्छ–‘मेरो सासू मलाई मन पराउँदिनन् ।’
    उनको हरेक हर्कतमा आलोचना सुन्छिन्,
    र विस्तारै मनमा सोच बस्छ–‘सासू भनेकै कठोर प्राणी ।’

    तर, समय फेरिन्छ ।
    उही बुहारी सासू बन्छिन् ।
    अनि एकदिन आफ्नी बुहारीको हर्कत हेरेर भन्छिन्–
    ‘आजकालका बुहारीहरूमा सम्मान छैन ।’
    त्यो क्षणमा, उनले बिर्सिन्छिन्,
    कहिल्यै आफू पनि उस्तै पीडामा बाँचेकी थिइन् ।

    जब महिला नन्द हुन्छिन्,
    भन्छिन्–‘भाउजु धेरै देखावटी छिन् ।’
    तर, जब उही महिला विवाह गरेर भाउजु बन्छिन्,
    त्यसपछि भन्छिन्–‘नन्दहरू त अनावश्यक टोक्ने गर्छन् ।’

    त्यो दर्पणजस्तो चक्र हो–
    जहाँ भूमिका फेरिन्छ, तर दृष्टिकोण फेरिँदैन ।

    जेठानी हुँदा देवरानी नराम्रो लाग्छ,
    देवरानी हुँदा जेठानीको अधिकार सहन सकिँदैन ।
    हामी भूमिका बदल्दै जान्छौं–
    तर सोच, डर, र स्वार्थको बीउ हरेक भूमिकासँगै बोकेर हिँड्छौं।
    –––
    महिलाबीचको दूरीको जड ः स्वीकृतिको भोक

    हरेक महिलाको मनमा एउटा अघोषित चाहना हुन्छ —
    ‘मलाई स्वीकार गरियोस् ।’
    तर, घरभित्रको शक्ति संरचनाले त्यस चाहनालाई प्रतिष्पर्धामा बदलिदिन्छ ।

    सासू चाहन्छिन्–उनको अनुभवको सम्मान होस् ।
    बुहारी चाहन्छिन्–उनको नयाँ दृष्टिकोण सुन्ने वातावरण होस् ।
    तर, दुवैको चाहना टकराउँछ,
    किनभने हाम्रो समाजले ‘सम्बन्धलाई बराबरी’ होइन,
    ‘सत्ता’ को दृष्टिले हेर्छ ।

    त्यसैले सासूको व्यवहार हुकुमी लाग्छ,
    बुहारीको चाहना जिद्दी लाग्छ ।
    नन्दको टिप्पणी चिलाउने हुन्छ,
    भाउजुको मौनता घोच्ने हुन्छ ।
    तर भित्र सबैलाई एउटै कुरा चाहिएको हुन्छ–
    स्वीकृति, प्रेम र सम्मान ।
    –––

    यो मनोविज्ञानको चक्र ः ‘मैले सहें, त्यसैले तिमीले पनि सहेऊ’
    नेपालको पारिवारिक संस्कृतिमा एउटा अस्वस्थ मानसिकता गहिरो गरी बसेको छ–
    ‘मैले पनि दुःख पाएको थिएँ, त्यसैले तिमीले पनि पाउनुपर्याे ।’

    सासूले बुहारीलाई त्यसै सम्झाउँछिन्,
    जेठानीले देवरानीलाई,
    फुपूले भद्रकुमारीलाई ।
    तर, यही सोचले पीडाको उत्तराधिकार चलाउँछ । 

    यो चक्र तबमात्र टुट्छ,
    जब एउटी महिला भन्छ —
    ‘मैले सहें, त्यसैले तिमीले नसह ।’
    त्यो वाक्य इतिहास बदल्ने सामथ्र्य राख्छ ।
    –––

    🌷 समाजले महिलालाई सधैं तुलना गर्छ
    बाल्यकालदेखि नै छोरीहरूलाई तुलना गरिन्छ —
    ‘ऊजस्तो हिँड, ऊजस्तो बोल ।’
    विवाहपछि —
    ‘ऊजस्तो बुहारी बन ।’
    अनि सासू भएपछि–
    ‘ऊजस्तो सासू बन ।’

    यसले महिलाको अस्तित्वलाई सधैं कसैसँग नाप्छ ।
    जसले गर्दा उनीहरू सधैं प्रतिगपर्धामा बाँच्न बाध्य हुन्छन्–
    सौन्दर्य, बुद्धि, बोलाइ, वा प्रभावमा ।
    त्यो प्रतिष्पर्धाले उनीहरूलाई साथी होइन,
    प्रतिद्वन्द्वी बनाइदिन्छ ।

    तर जब एउटी महिला बुझ्छ —
    ‘म कसैसँग होइन, आफ्नै आत्मासँग तुलना गर्छु,’
    त्यो क्षणमा उनी स्वतन्त्र हुन्छिन् ।
    –––
    🌼 सहानुभूति–सम्बन्धको पुनर्जन्म

    जब एउटी सासू भन्छिन्,
    ‘म पनि कहिले काकके बुहारी थिएँ,’
    त्यो घरमा पहिलोपटक समझदारीको फूल फुल्छ ।
    त्यो सानो वाक्यले दशकौंको दूरी मेटाउन सक्छ ।

    बुहारीले पनि भन्छिन्–
    ‘म तपाईंको स्थान बुझ्न चाहन्छु ।’
    त्यो सम्मान नै प्रेमको पहिलो सीढी हो ।

    सहानुभूति भन्नाले केवल माया होइन,
    अर्काको दृष्टिबाट संसार हेर्ने आँखा हो ।
    त्यो आँखा खुलेपछि
    सासूमा आमा देखिन्छ,
    बुहारीमा छोरी देखिन्छ,
    नन्दमा साथी देखिन्छ।
    –––
     शिक्षा र चेतनाको भूमिका
    आजको शिक्षित पुस्ता धेरै कुरा बुझ्छ,
    तर, बुझाइ व्यवहारमा झल्किँदैन भने
    त्यो केवल अक्षरको बोझ हो ।

    छोरीलाई सधैं सिकाइन्छ–
    ‘शालीन बन, सहनशील बन ।’
    तर, छोरालाई कहिल्यै सिकाइँदैन–
    ‘समान व्यवहार गर, सन्तुलन राख ।’

    यदि छोराले पनि आमा र श्रीमतीबीच न्याय गर्न सिके,
    यदि नन्दले दाजुकी श्रीमतीलाई प्रतिष्पर्धी होइन, सहयोगी ठाने,
    यदि बुहारीले सासूको अनुभवलाई नकार्ने होइन, प्रयोग गर्न सिकिन्–
    त्यो घरमा आध्यात्मिक शान्ति बस्छ ।


    –––

    🌸 क्षमा — सम्बन्धको पुनर्जागरण

    हरेक सम्बन्धमा गल्ती हुन्छ।
    कसैले तिखो बोलेर दुःख दिन्छ,
    कसैले मौन रहँदा झनै चोट पु¥याउँछ।

    तर क्षमा त्यो औषधि हो
    जसले पुराना घाउहरूलाई निको पार्छ।
    सासूले यदि एकदिन आफ्नी बुहारीलाई अघिल्लो कठोर व्यवहारका लागि माफी मागिन् भने,
    बुहारीले पनि उदासिनता स्वीकारे भने,
    त्यो घरमा नवजीवन आउँछ।

    क्षमा माग्नु कमजोरी होइन,
    यो आत्मबलको शिखर हो।


    –––

    🌹 महिला एकताको अर्थ

    सशक्त महिला भनेको कराउने महिला होइन,
    अर्की महिलाको आँसु बुझ्ने महिला हो।
    सशक्त महिला भनेको आफू माथि उठ्ने होइन,
    सबैलाई उठाउने हो।

    फुपूले भद्रकुमारीलाई आशीर्वाद दिँदा,
    जेठानीले देवरानीको हात समात्दा,
    नन्दले भाउजुको सम्मान गर्दा —
    त्यो परिवारमा प्रेमको गन्ध फैलिन्छ।

    महिलाले यदि एक अर्काको साथ दिन थालिन् भने,
    समाजको आधा समस्या आफैं हराउँछ।
    किनभने जब महिला महिलाको साथ दिन्छिन्,
    त्यो क्षण समाजले साँचो प्रगतिको स्वाद चाख्छ।


    –––

    🌼 अन्त्य — भूमिकाभन्दा माथि उठ्ने महिला

    सासू, बुहारी, नन्द, जेठानी — यी शब्दहरू केवल भूमिका हुन्।
    तर हरेक भूमिकाभित्र एउटी समान आत्मा छ —
    मायालु, संवेदनशील, र परिश्रमी महिला।

    हामीले यी भूमिका पार गर्न सक्यौं भने,
    हामी “सासू र बुहारी” होइन,
    “दुई महिला — दुई आत्मा — एउटै परिवार” बन्न सक्छौं।

    आजको महिला शिक्षित छिन्, सचेत छिन्, आत्मनिर्भर छिन्।
    तर अब आवश्यक छ —
    त्यो चेतनाले अहंकार होइन, अपनत्व जन्माओस्।
    त्यो स्वतन्त्रताले एक्लोपन होइन, एकता ल्याओस्।


    –––

    🌸 निष्कर्ष ः जब महिला महिलाको साथ दिन्छिन्

    जब महिलाले एक अर्काको पीडा बुझ्छिन्,
    त्यो समाजमा विद्रोह होइन, पुनर्जागरण सुरु हुन्छ।
    किनकि हरेक सासू कुनै समयकी बुहारी थिइन्,
    हरेक नन्द कुनै समयकी भाउजु बन्छिन्,
    हरेक जेठानी कुनै समयकी देवरानी थिइन्।

    भूमिका फेरिँदै जान्छ,
    तर प्रेम र सहानुभूति साँचो स्थायित्व हो।

    त्यसैले, अब समय आएको छ —
    महिलाले “कसले के भन्यो” भन्दा अघि “मले के गर्न सक्छु” भन्ने सोच राखून्।
    सासूले आमा बन्न सिकून्,
    बुहारीले छोरी बन्न सिकून्,
    नन्द र भाउजु एक अर्काको साथी बन्न सिकून्।

    त्यो दिन घर स्वर्ग बन्छ।
    र त्यो स्वर्ग महिलाबाटै सुरु हुन्छ। 🌸
    उदय कुमार मल्लिक ( मन्जुदित)