२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

बुटवल उवा संघमा हार्डवेयर र फूटवेयर तथा व्याग वस्तुगत समिति गठन

आइतवार , बैशाख ५, २०७८

बुटवल, ५ वैशाख ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा हार्डवेयर र फूटवेयर तथा व्याग बस्तुगत समिति गठन गरिएको छ । संघको सभाहलमा आइतबार भएको छुट्टाछुट्टै भेलाले सर्वसम्मत रुपमा दुईवटा वस्तुगत समिति गठन गरेको हो ।

हार्डवेयर वस्तुगत समितिको सभापतिमा अनिल कुमार गुप्ता, उपसभापतिमा राजन पाण्डेय, सचिवमा धर्मेन्द्र कसौधन, सह–सचिवमा पप्पु गुप्ता, कोषाध्यक्षमा रितेश श्रेष्ठ र सह–कोषाध्यक्षमा कृष्ण बस्याललाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा रामजी नेपाल, विजय पन्थ, प्रकाश सुवेदी, विष्णु पाण्डेय, विकास भण्डारी र मोहम्मद कलिमलाई चयन गरिएको छ ।

त्यसै गरी फूटवेयर तथा व्याग वस्तुगत समितिको सभापतिमा तुलसीराम खनाललाई चयन गरिएको छ । समितिको उपसभापतिमा यादव गिरी, सचिवमा शंकर पोखरेल र कोषाध्यक्षमा अलाउद्धिन अलिलाई चयन गरिएको छ ।

कार्यसमिति सदस्यमा लक्ष्मण पाण्डे, जे.डी. वारसी, उमा देवकोटा र अञ्जिल खान रहेका छन् ।  त्यसै गरी समितिको सल्लाहकारहरुमा प्रदिप शाक्य, कपिल ज्ञवाली, विजय वर्णवाल, माधव ज्ञवाली र मनोजमान सैंजुलाई चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले व्यवसायिक समस्या समाधानमा पहल र पैरवी गर्न वस्तुगत समितिहरुले दिशानिर्देशन गर्ने विश्वास व्यक्त गरे । उनले व्यवसायका प्रकृति अनुसार त्यसका समस्या पनि फरक फरक हुने भएकाले समस्यालाई व्यवस्थित रुपमा उठान गर्न र त्यसको समाधानलाई सहज बनाउनको लागि वस्तुगत समितिको अवधारणा अगाडि बढाइएको जानकारी गराउँदै नवगठित समितिले व्यवसायीहरुको आवश्यकता र त्यसभित्रका समस्या पहिचान गरेर संघलाई जानकारी गराउन समेत आग्रह गरे ।

त्यसै गरी संघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले व्यवसायिक समस्या समाधानको लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव विमलराज भट्टराई, कोषाध्यक्ष नविन श्रेष्ठ, सचिव मुक्ति अधिकारी कार्यसमिति सदस्य तथा हार्डवेयर वस्तुगत समितिका समन्वयकर्ता दीपक चापागाई, कार्यसमिति सदस्य तथा फूटवेयर तथा व्याग वस्तुगत समितिका समन्वय कर्ता काशिराम पौडेल लगायतले भनाइसहित शुभकामना व्यक्त गरेका थिए ।