२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

संकटमा सधै बलिदानी : पर्यटन–सबैभन्दा पहिले ढल्ने, सबैभन्दा पछाडि उठ्ने क्षेत्र

सोमवार , भाद्र ३०, २०८२

  • 481
    Shares
  • 481
    Shares
  • नेपालमा पर्यटन कुनै साधारण व्यवसाय होइन, यो जीवनरेखा हो । चाहे त्यो विश्वव्यापी महामारी होस् (जस्तै : कोरोना), वा आन्तरिक आन्दोलन र अस्थिरता, हरेक संकटमा एउटा क्षेत्र सधै सबैभन्दा पहिले प्रभावित हुन्छ र सबैभन्दा पछाडि पुनः उठ्छः  पर्यटन ।

    समय–समयमा यो क्षेत्र अनगिन्ती बाधाहरूको शिकार बनिरहन्छ । अनि हरेकपटक, यसले आफ्नो अस्तित्व जोगाउन बलिदानी दिन बाध्य हुन्छ । तर, अब कति लामो समयसम्म ?

    हजारौंको जीवन, लाखौंको सपना

    पर्यटन क्षेत्रले नेपालमा लाखौं मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ । ट्रेकिङ गाइड, होटल व्यवसायी, रेष्टुराँ सञ्चालक, हस्तकला व्यवसायी, सवारीचालक सबैको जीवन यो क्षेत्रसँग जोडिएको छ । तर, पर्यटन केवल रोजगार मात्रै होइन, यो नेपालको अन्तर्राष्ट्रिय पहिचान हो । यही माध्यमबाट संसारले नेपाललाई हेर्छ, बुझ्छ र अनुभव गर्छ ।

    वर्तमान अवस्था : गम्भीर र पीडादायक

    आजको दिनमा पर्यटन क्षेत्र लगभग अस्तित्व संकटमा पुगेको छ । पर्यटक छैनन् । होटलहरू सुनसान छन् । गाइडहरू बेरोजगार छन् । थुप्रै परिवारको चुलो निभ्न थालेको छ । यदि अब पनि केही गरिएन भने, धेरै नेपाली खेततर्फ फर्कन बाध्य हुनेछन् — रोजगारीका सपनासहित ।

    किन बचाउनुपर्छ पर्यटन ?

    पर्यटन कुनै विलासिता होइन, यो नेपालको मुटु हो, आत्मा हो । पर्यटन चल्दा देशको अर्थतन्त्र चल्छ, ग्रामीण समुदाय सबल बन्छ, अनि नेपालले संसारसामु आफ्नो पहिचान पुनः स्थापित गर्छ । पर्यटन क्षेत्र बच्दा नेपालको अर्थतन्त्र चलायमान हुन्छ ।

    संकटमा सधै बलिदानी: पर्यटन–सबैभन्दा पहिले ढल्ने, सबैभन्दा पछाडि उठ्ने क्षेत्रसरकारी सहयोग : राहत प्याकेज, कर छुट, तथा लगानी प्रवद्र्धन कार्यक्रमहरू ।

    प्रचारप्रसार: अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा Nepal is safe to visit अभियान ।
    आन्तरिक पर्यटन प्रवद्र्धन: नेपालीहरूलाई आफैंले आफ्नो देश घुम्न प्रेरित गर्नु ।
    दिगो पर्यटन: वातावरणमैत्री, स्थानीय समुदायमैत्री पर्यटन मोडेलको विकास ।
    निष्कर्ष: अब होइन भने कहिले ?
    यदि हामी चाहन्छौँ कि नेपाल पुनः ठाडो भएर उभियोस्, त्यसको पहिलो कदम पर्यटनलाई नै उठाउनु हो ।

    सडकहरू सुनसान हुनु, होटलहरू बन्द हुनु, र गाइडहरूको आशा मर्नु–यो केवल व्यक्तिगत पीडा होइन, राष्ट्रिय विफलता हो । समय अझै बाँकी छ । आउनुहोस्–आजैदेखि पर्यटनलाई बचाउने साझा प्रयास र संकल्प गरौं । किनभने–जब पर्यटन बाँच्दछ, तब नेपाल बाँच्दछ ।

    (लेखक एसियन बुद्ध होटल भैरहवा, रुपन्देहीका जनरल म्यानेजर हुनुहुन्छ ।)