
शनिवार , बैशाख ४, २०७८
बुटवल, ४ वैशाख ।
बुटवल उद्योग वाणिज्य संघमा गठित गिफ्ट तथा कस्मेटिक वस्तुगत समिति गठन गरिएको छ । संघको वार्षिक साधारणसभा तथा अधिवेशनपछि अलिम दिन मियाँको सभापतित्वमा गिफ्ट तथा कस्मेटिक वस्तुगत समिति गठन गरिएको हो । शुक्रबार संघको सभाहलमा भएको बस्तुगत समिति सम्वद्ध सदस्यहरुको भेलाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपसभापतिमा विष्णु उपाध्याय र प्रकाश पौडेल, सचिवमा सन्तोष नेपाल, कोषाधयक्षमा नरसिंहप्रसाद कान्दुलाई चयन गरिएको छ । त्यसै गरी सदस्यहरुमा महेन्द्र पौडेल, जनककुमार श्रेष्ठ, टिका पौडेल, जमाल खान, परमानन्द पन्त, सन्तोष अग्रहरी, नवराज पाण्डे र हसन्तमान सिमांगैडालाई चयन गरिएको छ । त्यस्तै निवर्तमान सभापति अब्दुल सलामतलाई सल्लाहकारमा चयन गरिएको छ ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रचनात्मक कार्यक्रम ल्याउन आग्रह गरे । उनले व्यवसायिक समस्या पहिचान र ती समस्या समाधानको लागि मार्गचित्र प्रस्तुत गर्न तथा सम्भावित अस्वस्थ्य प्रतिष्पर्धा हुन नदिनको लागि भूमिका खेल्न समेत आग्रह गरे ।
त्यसै गरी संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ वस्तुगत समिति संघको एउटा अंग भएको र संघलाई सहयोग पुग्ने गरी काम गर्न आग्रह गरे । संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव विमलराज भट्टराई, कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, कार्यसमिति सदस्य तथा समन्वयकर्ता मोहम्मद जमिल खान, समितिका निवर्तमान सभापति अब्दुल सलामत लगायतले शुभकामना व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij