
आइतवार , भाद्र २२, २०८२
काठमाडौं, २२ भदौ । आज निजामति कर्मचारी सेवा दिवस ।
संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा निजामति कर्मचारीहरुका कारण काममा ढिलासुस्ती हुने गरेको गुनासो आम नागरिकको छ । आम नागरिकको बुझाईमा सहज सेवा अझै पनि पुग्न र निजामति प्रशासनले दिन सकेको छैन ।
स्थायी सरकारको रुपमा रहेको निजामति प्रशासनको लापरवाही र हेलचेक्राईंका कारण आम सर्वसाधारणहरु प्रतिदिन आफ्ना समस्याहरु थाँती राख्न बाध्य छन् । निजामति सेवा दिवसको अवसर पारेर काठमाडौंमा न्युज एजेन्सी नेपालले सेवा लिन पुगेका केही सर्वसाधारणलाई निजामति कर्मचारीहरुबाट पाइरहेको सुविधाबारे जिज्ञासा राखेको छ ।
न्युज एजेन्सी नेपालको जिज्ञासामा आम सर्वसाधारणहरुले नेपालको निजामती सेवामा राजनैतिक हस्तक्षेप बढी रहेको र त्यसको प्रभावका कारण समयमै काम सम्पन्न नहुने, कर्मचारीहरुले लापरवाही गर्ने गरेको गुनासो गरे ।
कर्मचारीमा जवाफदेहीताको कमी र गैरजिम्मेवारीपन बढी भएको सेवाग्राहीको गुनासो छ । देशलाई शुसासनतर्फ लैजान सबैभन्दा महत्वपूर्ण भुमिका देशका कर्मचारीहरुको हुने भएकाले कर्मचारीहरु सुध्रिनपर्ने आम जनताको सुझाव । केही प्रतिशत राम्रा कर्मचारीहरु भएपनि धेरै कर्मचारी नेताकोे चाकडि गर्ने र पैसाका लागि मरिमेट्ने गरेको गुनासो नागरिकहरु गर्दछन् ।
निजामती सेवामा उपसचिव भन्दा माथिको ओहोदाका कर्मचारी आफूलाई कर्मचारी नै होइन जस्तो ठानेर रोषपूर्ण व्यवहार गर्ने गरेको गुनासो गर्छन् । उनीहरुको नेतासँग बढी भेट हुने भएकाले कर्मचारी भन्दा राजनीतिकर्मी जस्तो लाग्ने जनताहरुको बुझाई छ ।
एक जना नागरिक भन्नुहुन्छ, ‘नेपाली जनताले निजामती कर्मचारीबाट समयमा कामको अपेक्षा गरेका हुन्छन् । कर्मचारीतन्त्र जसरी जनताको सेवामा भएर चल्नु पथ्र्याे त्यो विषयमा कमजोरी भएको जनगुनासो सुनिन्छ ।
निजामती सेवा आफैँमा स्वस्थ छैन । राजनैतिक हस्तक्षेपबाट पीडित छन् । केही प्रतिशत राम्रा मान्छे पनि राजनैतिक हस्तक्षेपका कारण स्वस्फुर्त काम गर्न पाएका छैनन् । कर्मचारीले नेताको चाकडि गर्ने, आफूलाई आर्थिक आर्जन गर्ने जनताको सेवा नगर्ने कर्मचारीहरु बढी भएकाले केही प्रतिशत राम्रा कर्मचारीहरु पनि त्यहीँ भित्र परेकाले देशमा शुसासन आउन नसकेको हो ।
जवाफदेहीताको कमि र गैरजिम्मेवरीपन रहेको । आज हुने कामलाई भोली पर्सी सारीदिने चलनले जनताले दुःख पाइरहेका छन् ।’
कार्मचारीतन्त्रलाई जनतामुखी बनाउँदै राजनैतिक हस्तक्षेप मुक्त गर्नुपर्ने उनीहरुको माग छ । हाकिम नभइ सेवकको रुपमा जनतासमक्ष कर्मचारीहरु उभिनुपर्ने माग सर्वसाधारणले गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij