
आइतवार , भाद्र २२, २०८२
भैरहवा, २२ भदौ । श्री स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, रुपन्देहीको १८ औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले लता पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा मुना देवकोटा, सचिवमा अनिता थापा र कोषाध्यक्षमा सरस्वती खनाल रहनुभएको छ ।त्यस्तै सञ्चालक समिति सदस्यहरुमा सिर्जना ज्ञवाली, शान्ता पाण्डे, सृजना नेपाल, सलिमुन निशा र शितल पुन रहनुभएको छ । त्यसै गरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रिमा भट्टराई, सदस्यमा सविता ज्ञवाली र तेजकुमारी रेग्मी रहनुभएको छ ।
नवनिर्वाचित टीमलाई निर्वाचन अधिकृत कमलकान्त खनालले सपथग्रहण गराउँदै प्रमाणप्रदान प्रदान गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष पोखरेलले पूर्व अध्यक्षहरुसँग सल्लाह–सुझाव लिदै आफ्नो टीमलाई अगाडि बढाउने बताउनुभयो । उहाँले साधारण सभाबाट पारित प्रस्ताव तथा एजेण्डाहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष पार्वती ज्ञवालीको अध्यक्ष्ता, संस्थापक अध्यक्ष लक्ष्मी देवी पाण्डेको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका सदस्य सविता हरिजन, निवर्तमान अध्यक्ष सुवर्ण कुुवँर, निर्वाचन अकिृत कमलकान्त खनालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका उपाध्यक्ष लता पोखरेलको स्वागत तथा सचिव अनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका ऋणीहरुमध्येबाट पाँचजनालाई असल ऋणीको रुपमा सम्मान गरिएको थियो । सम्मानित हुनेमा मञ्जु सुनार, शारदा हरिजन, धना राना, बिना ज्ञवाली खनाल र विष्णुकुमारी प्रधान रहनुभएको छ। त्यस्तै जेष्ठ शेयर सदस्यहरुमध्येबाट सीता शर्मा ज्ञवाली र अर्बुन निशालाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij