२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

किराना तथा प्लाष्टिक व्यवसायी संघ भैरहवाको वार्षिक कार्ययोजना तय

शनिवार , भाद्र २१, २०८२

  • 61
    Shares
  • 61
    Shares
  • भैरहवा, २१ भदौ । किराना तथा प्लाष्टिकव्यवसायी संघ भैरहवा, रूपन्देहीले शनिबार वार्षिक कार्ययोजना तय गरेको छ । जिल्लाको चरंगेमा भेला भएर संघले २०८२/०८३ सालका लागि लागु गर्ने विभिन्न कार्यक्रम पारित गरेको हो।

    वि.सं. २०८१ मा स्थापना भएको यस संघले सुरुदेखि नै व्यवस्थित र गुणस्तरीय व्यापारिक वातावरण निर्माण, सदस्य व्यापारीबीचको एकता अभिवृद्धि र उपभोक्तामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । ‘गुणस्तरीय शुद्ध व्यापार र शिक्षा, निरोगी र स्वस्थ हाम्रो सबैको इच्छा’ भन्ने मूल नारालाई आत्मसात् गर्दै संघले समाजमा सकारात्मक प्रभाव पार्ने गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।

    कार्ययोजना अनुसार संघले व्यापार प्रशिक्षण, व्यवसाय अभिमुखीकरण, सचेतना कार्यक्रम, सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षा सम्बन्धी पहल, साथै व्यवसायीहरूको हकहितका लागि पहल गर्ने संघका अध्यक्ष टंक प्रसाद पौडेलले बताउनुभयो । यससँगै स्थानीय तहसँग सहकार्य गर्दै व्यापारिक क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन योगदान पुर्याउने प्रतिबद्धता समेत गरिएको छ ।

    संघका पदाधिकारीहरूले स्वस्थ प्रतिस्पर्धा, व्यवसायिक अनुशासन र उपभोक्ताको विश्वासलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । वार्षिक कार्ययोजना सार्वजनिकसँगै संघले व्यापारी र उपभोक्ताबीचको विश्वास मजबुत पार्ने, व्यापारिक वातावरणलाई सबलीकरण गर्ने र आगामी दिनमा अझ प्रभावकारी गतिविधि गर्ने लक्ष्य लिएको सचिव झबिन्द्र बेल्बासेले जानकारी दिनुभयो ।