२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक बासु गौतम सम्मानित

शनिवार , भाद्र २१, २०८२

  • 94
    Shares
  • 94
    Shares
  • भैरहवा, २१ भदौ । लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक बासु गौतम सम्मानित हुनुभएको छ । ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ सफल बनाउनमा निरन्तर प्रयास र नेतृत्व गरेको भन्दै गौतमलाई काठमाडौंस्थित एनभाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (कीप) ले सम्मान गरेको हो ।

    सम्मानित भएपछि गौतमले भन्नुभयो–‘यो सम्मान हाम्रो साझा प्रयासको मान्यता हो । यसले अभियानलाई अझ सुदृढ बनाउनेछ र जलवायु परिवर्तनसित जुध्न अझै मद्दत गर्नेछ । हरियालीपूर्ण बनाउन प्रेरित गर्नेछ ।’

    सन् २०१६ देखि लुम्बिनी वल्र्ड पिस फोरमले विभिन्न समुदाय र संस्थासँग सहकार्य गर्दै नेपालभर १० लाख वृक्षारोपण तथा संरक्षण अभियान सञ्चालन गर्दै आएको संस्थाको महासचिव सदिक्ष्या अर्यालले बताउनुभयो ।

    महासचिव अर्यालका अनुसार गत वर्ष फोरम र किपले ग्रामीण समुदायमा जलवायु परिवर्तनविरुद्धका क्रियाकलापलाई प्रवद्र्धन गर्ने उद्देश्यले दिगोपनाका लागि साझेदारी गरेका थिए ।