२०८२, भाद्र २१ गते

Sep 06 2025 | २०८२, भाद्र २१ गते

क्याननका विद्यार्थी जीतगढी किल्लामा पुगेर अध्ययन

शनिवार , भाद्र २१, २०८२

  • 58
    Shares
  • 58
    Shares
  • बुटवल, २१ भदौ । सामान्यतया विद्यार्थीहरु कक्षाकोठामै अध्ययन गर्छन् । तर, शुक्रबार रुपन्देहीको बुटवलस्थित क्यानन माध्यमिक विद्यालयमा अध्ययनरथ कक्षा १० का विद्यार्थीहरुले अग्रेज फौजलाई परास्त गरेको बुटवल जीतगढी किल्लामा पुगेर अध्ययन गरेका छन् । सामाजिक अध्ययन विषय अन्तर्गत परियोजना कार्यका लागि बुटवल जितगढीको ऐतिहासिक महत्वका बारेमा स्थलगत रुपमा भ्रमण गरी विद्यार्थीहरुले जानकारी लिएका हुन् ।

    कक्षा १० का ७० विद्यार्थीहरुले नेपालले अग्रेज फौज हराएको ऐतिहासिक पक्ष, नेपालीहरुको विरता र तत्तकालिन समयमा अत्याधुनिक हतियार रहेको अग्रेज सेनालाई हराउनुको कारणबारे विद्यार्थीहरुले अवलोकन गरी जानकारी बटुलेका थिए । 

    उक्त अवसरमा बुटवल उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले जीतगढी किल्ला राष्ट्रियताको प्रतिकका रुपमा रहेको भन्दै यसको महत्व बुझ्न विद्यार्थीहरु जितगढी किल्ला आउनु सकरात्मक रहेको बताउनुभयो । उहाँले आधुनिक हतियारको अग्रेज फौंजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वमा भाल, खुकुरी, तोप जस्ता घरेलु हतियारबाट परास्त गरेको बताउनुभयो । उहाँले नेपालीहरुको युद्धकौशलले नेपाली भूमिको रक्षा गरेकाले जीतगढी किल्ला ऐतिहासिक स्थल रहेको बताउनुभयो ।

    विद्यार्थी सिकाईलाई व्यवहारिक र प्रयोगात्मक बनाउन क्याननले विद्यार्थीहरुलाई स्थलगत निरीक्षण गराएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । 

    विद्यार्थीहरुले ग्रेटर नेपालको नक्सा, युद्ध संग्रालय तथा युद्धस्थलको निरीक्षण गरेका थिए । बुटवल जीतगढी किल्लामा अंग्रेज फौजलाई वि.सं. १८७२ बैशाख ७ गते उजिसिंह नेतृत्वको नेपाली सेनाले परास्त गरेको थियो ।