
बुधवार , भाद्र १८, २०८२
भैरहवा, १८ भदौ । न्याय परिषद्ले आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्न सरकारलाई परामर्श दिएको छ । मंगलबारको न्याय परिषद् बैठकले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोक्न परामर्श दिने निर्णय गरेको हो ।
रुपन्देहीका लागि रुपन्देही जिल्ला अदालतकै न्यायाधीश अशोक कुमार बस्नेतलाई तोक्न परामर्श दिएको हो । त्यस्तै मनाङका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।
रुपन्देहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधनपछि उपनिर्वाचन हुन लागेको हो । त्यस्तै मनाङका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij