
मंगलवार , भाद्र १७, २०८२
बुटवल, १७ भदौ । रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीको छैठौं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । क्लबका नवनियुक्त अध्यक्ष युवराज अर्यालले अध्यक्षता, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डीआरआर दिनेश गैरेको प्रमुख आतिथ्यता तथा क्लबका निवर्तमान अध्यक्ष डीआरआर विक्रम क्षेत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा स्पोन्सर क्लब रोटरी क्लब अफ बुटवल चौतारीका संस्थापक डा. विष्णु घिमिरे, तत्कालीन अध्यक्ष, एजी लगायतको उपस्थिति थियो । त्यस्तै रिजन ५ अन्तर्गतका सम्पूर्ण रोट्रयाक्ट क्लबका अध्यक्ष, सचिव तथा क्लब सदस्य प्रतिनिधिहरूको पनि सहभागीता थियो ।
कार्यक्रमको पहिलो सत्रको सञ्चालन पुरन विष्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुजन शर्मा, शुभकामना मन्तव्य पूर्वअध्यक्ष कमल घिमिरे र संस्थापक अध्यक्ष लक्ष्मण श्रेष्ठले दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि डीआरआर दिनेश गैरे, आइपी डीआरआर विक्रम क्षेत्री, डा. विष्णु घिमिरे, एजी दिनेशमणि सुवेदीलगायत सम्पूर्ण विशिष्ट अतिथिहरूले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो तथा समापन सत्रको सञ्चालन सचिव भुपराज अर्यालले गर्नुभएको थियो । क्लबका पूर्वअध्यक्ष बिदुर ज्ञवालीले सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा पदभार ग्रहण पश्चात नवनियुक्त अध्यक्ष युवराज अर्यालले आफ्नो भावी योजना र कार्यदल घोषणा गर्दै अन्य अतिथिलाई धन्यवाद दिनुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij