
सोमवार , भाद्र १६, २०८२
भैरहवा, १६ भदौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहक, अभिकर्ता, बीमित, कर्मचारी, एजेन्सी म्यानेजर लगायत कम्पनीसँग आबद्धलाई भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले छुट प्रदान गर्ने भएको छ । सोमबार होटल र इन्स्योरेन्सबीच सम्झौता अनुसार होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्ने भएको हो ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जे.पी. सुवेदी, सिटिजन लाईफ इन्स्योरेन्सका रिजनल म्यानेजर नरेश सिग्देल र भैरहवा शाखा प्रमुख गिरिजा खनालको उपस्थिति थियो । यो सम्झौताको अवधि एक वर्षसम्म लागू हुनेछ । रिजनल म्यानेजर नरेश सिग्देलका अनुसार सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका २६ लाख ग्राहक छन् ।
चारतारे होटल एसियन बुद्ध सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij